Saturday, April 25, 2020

मैले बुझेको दर्शन

जिवनप्रतिको मेरो दर्शन
खाना खानु, हिँड्नु र बाँच्नु मात्र मानव जिवको सार मैले मान्दिन । हुन त म कहाँको महान् दार्शनिक हुँ र तर पनि मेरो धारणा जीवन जगतप्रित भिन्न छ ।
बाँच्नुलाई मात्र म सार्थक जीवन मान्दिन । हो प्राणि जीवन हुर्कनु, बढ्नु र मर्नुमै मात्र सिमित हुन्छ तर मानव जीवन त्यतिमा मात्र सार्थक हुन सक्दैन । मानिससँग भावना छ, मन छ , दिमाग छ र त्यसमा पनि सर्वोत्तम विवेक छ । मानव मानव हुनमा कठिन छ तर हामी अधिकांश मानिसको जीवन प्राणिको भन्दा निच दानव भएरै गएको छ ।
हो मेरो तर्कमा तपाईं सहमत नहुन सक्नुहुन्छ । मानिस यश धर्तिमा सबै धर्मको लागि जन्मिदैनन् ।जसरि भगवान हुनुहुन्छ त्यसरी नै दानवहरु छन् अन्तत मानवभित्र पनि दुवै गुणहरु हुन्छ समय र परिस्थितिले मानव दानव पनि हुन सक्छ दानव पनि भन्नेहरु पनि छन् । तर मलाई वास्तवमा के लाग्छ भने जीवन अनन्त छ यो बुझि नसक्नु छ , रहस्यमयी छ ।
तपाईं कहिल्यै गहिरो सोचमा जानुभएको छ । जीवनजगत र मानव अस्थीत्वलाई राम्रोसँग बुझ्नलाई गहिरो सोच नै चाहिन्छ । के गहिरो सोचमा जान चाहनुहुन्छ । निदाउनुपुर्व केही समय सोचनुहोस् तब संसार र मानव अस्थित्वलाई सोच दै जानुहोस् अनि मानव हुनुको अर्थ खोजनुहोस् तपाईं केही दिन नसक्नुहोला त परन्तु समय पस्चायत तपाईं जीवन जगतको सारमा जानुहुन्छ ।
मैले देखेको भौतिक सुख, माया प्रेम क्षणिक हुन् वास्तविक आनन्द त त्यहाँ लुकेको छ त्यो मानिसले मात्र पाउन सक्छ जसले भौतिक सुखसयल त्याग न सक्छ । जीवन र दशर्न बुझ्नलाई तर्कले भन्दापनि वास्तविक आनन्दबाट हुन्छ ।तर्कमा म हार्न सक्छु तर वास्तविकता तर्कबाट हुँदैन जुन आजको बिज्ञानले पनि प्राप्त गर्न सक्दैन । 

Labels:

Monday, April 20, 2020

म्याक्स वयलमा मेैले सिकेको पाठ ।

म्याक्स वयलमा सिकेको पाठ
जागिरको खोजिमा भौतारिदाँ भौतारिँदा म म्याक्स वयलमा मेरो नजर पुग्यो । नजर पुग्नुमा पहिलो त जागिर नभएर बसेको अवस्था अनि दास्रोमा म्याक्स वयलको बिज्ञापन पत्रिकामा देख्नु ।
पहिलो दिन त बुझ्नको लागि गएको थिए । दोस्रो दिन म आफ्ना सम्पुर्ण कागजपत्रहरु लिएर गएको थिए । interview थियो र त्यो भन्दा पहिले class भयो छोटो । म्यानेजर हुनको लागि हुनुपर्ने गुणहरु, लिडरसिप आदिमा क्लास भयो । क्लास अत्यन्त फलदायी रह्यो । सरको नाम त याद भएन तर सरले एउटा सहि पाठ सिकाउनु भयो । एउटा बक्समा साना ठूला बट्टाहरु राख्न लगायो भने कसरी सबै अटाउने गरि राख्ने ? प्रश्न सजिलो भएपनि एकदमै क्रिटिकल छ । सरले हामीलाई घैंटोको कथा भन्नुभएको मैले बक्स भने केही फरक तर भएन । कथाले कसैलाई घैंटोमा साना ठुला ढुङ्गा बालुबा राख्न लगाएछ । पहिलो ब्यक्तिले शुरुमा सानो ढुङ्गा राखेछ अनि ठुलो ढुङ्गा राखेछ बालुवापनि अटेन , त्यो ब्यक्ति फेल भयो । अर्को ब्यक्ति ले शुरुमा ठुला ढुङगा अनि साना ढुङ्गा र बालुबा हाल्दा सबै अटाएछ । त्यस्तै कुनै बक्समा पनि सबैभन्दा ठूलो अनि सानो सामान राख्यो भने अट्छ ।
त्यस दिन म interview मा त सेलेक्ट भएँ त्यसपछि छोटो theory क्यास भयो अनि हामी Asmita Aacharya जो म्याक्स वयलमा त्यतिबेला assistant manager हुनुहुन्थ्यो उहाँसँग हामी तीन जना भएर field visit को लागि गयौँ । customer dealing को practical अन्तर्गत हामी फिल्ड भिजिटको लागि गएका थियौँ । त्यहाँ पनि मैले धेरै कुरा सिक्न पाएँ । हामीले सिकेको कुरा १०० जनासँग डिल गर्दा ३०जना सकरात्मक हुन्छन् अनि त्यसमा २० जना समर्थन हुन्छन् जसमा १० जनाले बुझछन् भने ५ जनाले मात्र हाम्रो कुरा १००% नै समर्थन हुन्छन् भन्ने कुरा दिनभरको घुमाइले सिकायो । मिठामिठा कुरा गर्दै खाजा खाएर भोलि भेट्ने बाचाको साथ अस्मिता मिससँग बिदा भएको मान्छे प्रतिकुल समयका कारण दाेस्रो दिन उपस्थित हुन सकिन , मेरो म्यानेजर भन्ने सपना अधुरै टुङ्गियो तर फेरि पनि म म्यास वयल मा गएर धेरै कुरा सक्ने रहर छ । हेरौँ पूरा हुन्छ कि नाई ? 
more info 
www.maxwellorg.co.in

Labels:

Monday, April 13, 2020

शाहकारी कि मांसहारी ठिक ?

शाकाहारी कि मांशहारी
धेरैपटक वादविवाद परिरहने बिषय हो यो । मलाई पनि वादबिवाद मन पर्ने भएकाले आज यसको शाकाहारीको पक्षमा आफ्ना तर्कहरु राख्न गहिरहेको छु । मानिसको बनोट र शारिरीक अवस्था हेर्दा लाग्छ मानिस शाहाकारी हो ।
बिद्यार्थीको लागि शाहाकारी भोजन नै अतिउत्तम हुनेमा कुनै संकोच छैन । शाहाकारी मानिसको मेमोरी पावर पनि तेज हुन्छ । हाम्रोमा बिकृति छ चाडवाडमा सकि नसकि मासु खानुपर्छ भन्ने । दशौँमा ऋण गरिगरि पैसा खोजेर खशी काट्नु गलत परम्परा हो ।हिजोको मेरो हाम्रा पुर्खा वैज्ञानिक ब्लगमा हामी यो संस्कृतिलाई परिस्कृत गर्दै लैजानुपर्छ । हामी कुलाइनको पुजा आजामा पनि बोका बलि दिएर पुजा गर्छौँ जसलाई वैज्ञानिक म मान्नदिन । प्राणी सबै बराबर हुन् उनीहरुलाई मारी खानु कदापि राम्रो कर्म होइन । यो गलत परम्पराले गरिबको ढाड सेक्ने गर्छ । समाजमा यस्तो मानसिकता रहिरहेको छ कि दशैँमा मासु , कुनै चाडपर्वमा मासु खानै पर्छ । यो मानसिकता लाई हामीले बस्तारै हटाउनुपर्छ ।
मांसहारीहरुले मलाई बिरोधी ठान्लान म मेरा तर्कहरुमात्र प्रस्तुत गरिरहेको छु । हजुरको कुरा हो शाहकारी बन्ने यो मांसहारी बन्ने भन्ने । म पनि कुनै समयको मांशहारी नै हुँ तर मेरो पूर्ण समर्थन शाहाकारीको लागि छ ।
पहिला पहिले भातबहादुर र सागबहादुर निकै प्रचलित थियो जसले शाहकारी भोजनको महत्त्व लाई झर्लङ्ग पार्दछ । शाहकारी मानिसको आयु मांसहारीको भन्दा बढी हुने धेरै अध्ययनले देखाएको छ । मासु खाँदामा संवाद मात्र हुने हुन्छ यसले शरीरलाई त्यति फाइदा गर्दैन जति सागले गर्छ । मासुमा पाईने तत्व सजिलै गेडागुडी र दालमा पाइन्छ ।
मासु खाने मानिस शान्त र तनावमुक्त हुन सक्दैन । मासु खाने मानिस हिंसात्मक र अस्थिर हुन्छ । मासुमा कतिपय शरिरलाई अनावश्यक तत्वपनि हुन्छ ।
तृष्ण मेमोरी पावर र सँधै तनावमुक्त हुने मानिस वास्तविकमा शाहाकारी हुन्छ । मेमोरी पावर बढाउन र शरीरलाई सँधै स्वस्थ्य राख्न पनि शाहाकारी भोजन आवश्यक पर्दछ । हिजो आजका मानिस कम उमेरमा उच्च रक्तचाप , मधुमेह , मुटुरोग आादिबाट ग्रशीत छन् र उनिहरू सबैको भनाइ छ शाहकारी भोजन रोजौँ उच्च रक्तचाप ,मधुमेह र मुटुरोग भगाऊँ । 

Labels:

Beauty lies in the eye of beholder.

Beauties lies within the beholders.So do i think i am introvert but beauty is preferable.During the time when i was finished my class twelve exam i saw an advertisement on facebook about Miss and Mister plus two so did i was excited.Early during school days actor was my dream. Many time i throught a dream about it.
My friends during teased me by asying hero so i felt so excited like a bird meeting its company.I throght dream about becoming a Mister Plus two.Wow it was the time i was giving interview i throught.Hoping the same I enter the dream city Kathmandu and it was the time of Jestha. Father and mother were working in field and so next i was going Kathmandu. I miss my birthplace father mother so much.
My excitement was extreme it was first time i was going to Kathmandu i was feeling exciting.After 5 hours of travelling by Hice i reached Kathmandu at evening at 6 pm, i was amazed my dream city was totally different and totally filled with dust,dirt and smoke even difficult to see the way. People were saying in Kathmandu ,people are very tricky if they find someone from village they misguide and showed them long way to reach and bargain for money. One old man he told me he was from Pokhara told beware of fraud and pickpocketor took your pocket carefully otherwise you might lose your purse. I was frightened and he told me i could take to your destiney but you should pay me 500 rupees. Omg i was terrified and the time is getting evening.I was at hostel that night and i met a man he told me the reality about modelling and i was upset. I felt this can't be my field and my father ,mother was at home working in field ,i was so sad.
Next i threw that ego from my body but now that ego is not completely out someday i will complete my dream .It will not be never late. During next it was my fortune to visit pashupati nath temple where i met miss Nepal, Nikita Chandak.

Labels:

कोरानाबाट भयवित हुनुभाछ ? नआत्तिनुहोस्

अहिलेको समयमा तनाव ब्यबस्थापन गर्न निकै गार्‍हो छ । कोरोना भाइरसले आकुलब्याकुल के गरौँ कसो गरौँ गरेको अवस्थामा मानिसिक रुपमा बिचलित नभइकन बस्न निकै गार्‍हो छ ।
कसरी गर्ने तनाव ब्यबस्थापन ? दिनदिनै मृत्युको खबरले मानिस भयवित भएका छन् । विभिन्न थरिका सोचाईहरु दिमागमा खेल्न थालेका छन् । त्यहि सोचाइका कारण कसैकसैको भोक निन्द्रा पनि हराएको छ । अब बाँचिने हो कि मरिने हो यहि दुविधामा मानिसहरु मानसिक रुपमा गल्दै गहिरहेका छन् । जसले मानिसको आत्मबल घटेको छ । यसले रोग प्रतिरोधात्मक शक्तिलाई पनि कमजोर बनारहेको छ ।
यस्तो विषम परिस्थितिमा के गर्ने ? पहिला त हामी कोरोना भाइरसबाट कसरी बाँच्न सकिन्छ भनेर सोच्नु पर्यो त्यसको लागि घरमै बस्नु नै एक मात्र उत्तम उपाय हो । भिडभाडबाट टाढा ,यदि जानैपर्यो भनेपनि सामाजिक दुरी कायम गरि माक्स र पञ्जा लगाएर मात्र जाँऔँ अन्येथा घरमै बसेर सरकारको तोकेको कुराहरु पालना गर्नु नै कोरोनाबाट अहिले बाँच्न सकिने एउटा मात्र उपाय हो ।
अब मानसिक रुपमा हामी कसरी बलियो बन्न सक्छौँ ? त्यसको लागि हामी घरमै बसेर योग अभ्यास गर्न सकिन्छ । सामाजिक सञ्जालमा साथीहरुसँग जोडिएर यो रोगका बारेमा मनमा रहेका कुराहरुको बारेमा बुझ्न सक्छौँ । विज्ञहरुसँग सल्लाह लिन सक्छौँ । हामीलाई मनपर्ने गीत सुनेर , खानेकुरा पकाउन सिकेर , पुस्तकहरु पढेर पनि हामी घरमा दिन कटाउन सक्छौँ ।
हामी खाली बस्नु हुदैन र धेरै सोच्नु पनि हुदैन किनभने जति धेरै सोच्छौँ तब मनमा भय उत्पन्न हुन्छ र हामी मानसिक रुपमा दुखी हुनेछौ ।
मनमा सकरात्मक कुरा मात्र सोच्ने बानी बसालौँ नाकि यति मानिस मरिसके , हाम्रोमा आए के होला , हामी बाँचौला या मरौँला मरे पनि निकै दु:ख पाएर मरौँला आदि सोच्नुहुन्न । बरु यति मानिस निको भएका छन् र हामी पनि ढुक्क निको हुन्छौँ भनेर सकरात्मक किरा गरौँ ।कसैले सोद्दा पनि यति मरिसके होइन यति निको भए नेपालमा पनि निको भएका छन् उपचार पछि निको भइन्छ ढुक्क हुनुहोस् नआत्तिनुस् भनेर भनौँ । यदि हामीले सकरात्मक बोल्यौ भने हामी दिमागमा अटोमेटिक सकरात्मक सोच आउँछ जसले हामीलाई रोग प्रतिरोधात्मक हर्मन उत्पादनमा मद्दत गर्छ भने मानसिक रुपमा पनि हामी स्वस्थ्य रहन सक्छौँ । 

Labels:

मेमोरी बढाउन चाहनुहुन्छ आउनुहोस् ।

 धेरै समयपछि मेमोरीको बारेमा लेख्न पाएकोमा खुशी छु । म आफै पनि मेमोरीको बारेमा लामो समयदेखि खोज गरेरहेको छु । मेरो खोज अझै नै निरन्तर चलिरहेको छ । कसरी मेमोरीलाई स्वास्थ राख्ने सकिन्छ र धेरै भन्दा धेरै कुरा सम्झन सकिन्छ भन्ने बिषयमा नै अाज हामी केन्द्रित हुनेछौँ ।
मेमोरी short term and long term हुन्छ । हालसालैको मेमोरीलाई short term memory भनिन्छ । यो concious हुन्छ । long term memory सोचालित हुन्छ । कुनैकुरा पहिलो पटक गर्दैछौँ भने त्यो short term memory हन्छ तर त्यो कुरा बारम्बार गर्यौँ भने त्यो long term memory मा जान्छ र त्यसलाई हामी नसोचिकन गर्न सक्छौँ ।
मेमोरी हजारौं न्यूरोनहरुको कनेक्सनबाट हुन्छ । मेमोरीलाई शसक्त पार्न धेरै कुराहरु आवश्यक पर्छ जुन हामीले दैनिक जीवनयापमा गर्दैनौँ ।
बिहानको चिसो हावा र प्रयाप्त क्रियाकलापले पनि मेमोरी सबल बनाउँछ । मेलै बुझे अनुसार योग मेमोरी बढाउन सबैभन्दा उत्तम मानिन्छ । योगसँगै जोडिएर ध्यान पनि आउँछ मेमोरी बढाउनको लागि । रिस,आवेग र तनावबाट मुक्त मानिसको मेमोरी धेरै हुन्छ ।
कहि बर्ष बिद्यालयमा पढाएको अनुभवका कारण पनि मलाई मेमोरीको बारेमा लेख्न मन लाग्छ । सबैभन्दा त बिद्यार्थीहरुलाई मेमोरी आवश्यक पर्छ । कसरी पढेर धेरैकुरा सम्झन सकिन्छ भन्ने प्रश्न बिद्यार्थीको हुन सक्छ ।
मेमोरी बढाउने धेरै तरिकाहरू छन् । एकै दिनमा मेमोरी बढाउन सकिदैन त्यसको लागि समय लाग्छ र निरन्तर प्रयास पनि गर्नुपर्दछ । हामी न्युनरनको कनेक्सनलाई बलियो र बिस्तार गर्न सकियो भने मेमोरी बढाउन सकिन्छ त्यसको लागि खानपानमा पनि धेरै ध्यान दिनुपर्छ । कतिपय खान नहुने कुराहरुले मेमोरीलाई घटाउँछ ।
जौ, कालो अङगुर , omega 3 fatty acid ,बदाम ,अोखर , काजु ले मेमोरी बढाउने काम गर्दछ । त्यस्तै धेरै कुरामा ध्यान दिनुको साथसाथै उचित योगअभ्यास पनि मेमोरी बढाउन मद्दत गर्छ । तपाईं साँचै मेमोरी बढाउन चाहनुहुन्छ भने आउनुहोस म तपाईंलाई केही टिप्स सिकाउने छु । मेसेज गर्न नभुल्नुहोला। 

Labels:

शेयर तालिम निशुल्क लिन चाहनुहुन्छ ? आउनुहोस्

के शेयर बजारमा लगानी गर्न मन छ ?
तपाईंहरु जस्तै म पनि शेयर बजारप्रति अनभिग्य थिएँ । तर आउनुहोस् मैले Academia Pokhara बाट Basic Share training लिईसकेको छु । म तपाईंलाई फ्रि मा सिकाउनेछु ।
krishnavlogs1.blogspot पढ्नु भएको छैन भने अाजै पढ्नुहोस् । तपाईलाई चाहिले धेरैकुराहरु छन् । आजको बिषय शेयर विशेष छ । शेयर भनेको बाँड्नु भन्ने हो त्यसैले शेयरमा लगानी गर्नु भनेको कुनै कम्पनीको हिस्सा लिनु हो ।
शेयर बुझ्नको लागि पहिला कम्पनि को बारेमा बुझ्नुपर्छ ।प्राईभेट र पब्लिक कम्पनी गरि दुई थरिका कम्पनी हुन्छन् । तीनको बनोट र संरचना पनि बुझ्न आवश्यक छ । पछि कस्तो कुन कम्पनिमा लगानि गर्ने भन्ने छुट्याउनु पर्ने हुन्छ ।
अब तेस्रो कुरा तपाईंको लागि Demat र Bank account आवश्यक पर्छ । Demat र Bank account एउटै बैंकको हुन सक्छ । त्यसपछि ५० रूपैयाँ तिरेपछि मेरो शेयलर लियो भने अनलाइनबाटै किनबेच गर्न पनि सकिन्छ ।
शेयरमा कम्पनीको बारेमा बुझ्नु अती आवश्यक हुन्छ ।शेयर बजारलाई विश्लेषण गर्न कम्पनि पुँजी , नाफानोक्सान , कम्पानिको फाईदा आदि बिबिध बिषयमा जान्नुपर्ने हुन्छ ।
यदि तपाईं शेयर बजारप्रति इच्छुक हुनुहुन्छ भने हामीलाई मेसेज गर्नुहोस हामी तपाईंलाई निशुल्क गाइड गर्नेछौँ । 

Labels:

लोक सेवा कसरी पास गर्ने?

लोक सेवामा नाम कसरी निकाल्ने ?
लोक सेवामा नाम निकाल्न एकदमै गार्‍हो हो । प्रतियोगितात्मक अनि धेरै प्रतियोगीहरु हुने भएकोले लोकसेवा टफ भएको छ ।
लोक सेवामा नाम निकाल्न दृढ इच्छाशक्ति आवश्यकता साथसाथै एउटा सपना देख्नुपर्छ । अरुलाई सल्लाह दिन संसारमा एकदमै सजिलो काम हो तर त्यहि सल्लाहलाई व्यवहारमा उतार्न निकै कठिन छ । लोक सेवामा नाम निकाल्न निरन्तर पढ्नु पर्छ । एक पटक फेल हुदैँनमा फेरि हरेस खाँदैमा नाम निकाल्न सकिन्न ।
दैनिक समाचार पढ्नु हेर्नू एउटा महत्त्वपूर्ण पाटो हो । लोक सेवामा नाम निकाल्न दैनिक पढ्नुपर्छ । सामान्य ज्ञानलाई फराकिलो बनाउनु छँदै छ त्यसको साथसाथै IQ को अभ्यास गर्नु पनि उतिनै महत्त्वपूर्ण हुन्छ । समयानुकुल सीप बिकास गर्नको लागि कम्प्युटर सम्बन्धि ज्ञान हुनु पनि आवश्यक छ ।
लोक सेवा पास गर्न माथिको टिप्स मात्र पर्याप्त छैन त्यसलाई कसरी पढ्ने , कसरी सम्झिने , कसरी पढ्दा त्यसलाई राम्रोसँग सम्झन सकिन्छ भन्ने कुरालाई पनि मनन गर्नु आवश्यक छ । त्यसको लागि मेमोरी टिप्स आवश्यकता पर्छ । त्यससम्बन्धी लेख अर्को ब्लगमा समेट्नरछु । आशा छ पढेर प्रतिक्रिया दिनुहुनेछ ।

Labels: ,

Sunday, April 12, 2020

वैज्ञानिक छन् हाम्रा पुर्खाहरू

आधुनिकताको खोल ओडेर हाम्री हाम्रो सभ्य संकृतिलाई अन्धविश्वास भमेर ट्याग लगाएका छौ । हामी हाम्रै जिजुबाजेको सहि कुरालाई पनि गलत बनाईदिएका छौ । एक दुई गलतको कुराको पछि लागेर आज हामी हाम्रो संकृति नै बिर्सेर बिदेशी संकृिततिर लाेभिएका छौ ।हाम्रै डण्डीबियो बिसेर पब्जी खेल्न ठालेका छौ । हाम्रो संस् कृत भाषा वाहियात भनि अङग्रेजी पढ्न थालेका छौ । आजभोलि संस्कृत जान्नेमा बुढाखाडा मात्र होलान् । मै पनि संस्कृतबाट टाढा छु ।
वास्तविक बैज्ञानिक हाम्रा पुर्खाहरुलाई हामी बिसिसेका छौ जसको कमजोरीका कारण भावी सन्ततिहरुलाई हामीले बुझाउन सकेका छैनौ कि त्यहाँ पनि वैज्ञानिक कारण छ भनेर ।
घुमाउरो घरमा बस्नुको वैज्ञानिक कारण त्यसमा ब्रम्राण्डमा भएको Cosmic energy प्राप्त गर्नु हो जसले शरीरलाई स्वास्थ्य बनाउँछ । घरको ढोकानिर तुलसीको मोठ बनाउनु पनि वैज्ञानिक नै छ कि तुलसीले प्रयाप्त oxygen दिन्छ । बिहान उठेर जपध्यान पुजा आरधना गर्नुको वैज्ञानिक कारण मनलाई शान्त बनाई सम्पुर्ण दिन आनन्दमयी बनाउनु हो । त्यस तै शंख बजाउनुको पनि वेेैज्ञानिक कारण छ जसले bacteria लाई मार्न सक्छ जसले हाम्रो शरीरलाई असर गर्न सक्छ। मृत्युपछि नछोइकन १३ दिनसम्म बस्नु पनि आत्मालाई शान्त बनाउनु हो ।सेतो कपडा लगाउनाले पीडा कम हुन्छ ।त्यस्तै रातो बहिस्कार गर्नुको पछाडि यसले शरीरलाई उत्तेजित पार्दछ ।
तामाको ग्राग्रीमा पानी राख्नु र पोखरीमा तामाका सिक्का फाल्नाले पनि copper ले पानीलाई शुद्ध बनाउँछ । खानेबेलामा पानी घुमाइ देबिदेवतालाई चढाएर खानुपनि वैज्ञानिक नै छ किनकि कसैलाई चढाईसकेपछि किराफट्याङग्रालाई त्यो भाग छुट्याएर राखिदिएको जसले चराचिरूङ्गीलाई पनि हित हुन्छ । त्यस्तै कैयौँ वैज्ञानिक कुराहरू आज अन्धबिस्वास भनि हराउँदै छन् । अब पालो हाम्रो हो ती पुर्खाका कुराहरू खोजिखोजि कारण सहित व्याख्या गर्न सक्यौं भने मात्र हाम्रा सन्ततीले त्यसलाई बिश्वास गर्नेछन् नत्र ती कुराहरु हराएर जानेछन् । 

Labels:

अनलाइनमा रातारात पैसा फल्दैन । आफैमा लगानि गर्नुपर्छ ।

अनलाइन क्षेत्रमा छिर्ने बित्तिकै लखपति भैहालिन्छ भन्ने भ्रम छ भने त्यसलाई फाल्दा हुन्छ । धेरै साथीहरुको सोच रातारात र छिटो भन्दा छिटो पैसा कमाउने माध्यम ठान्नुभएको छ भने त्यो पनि गलत हो । यश क्षेत्रमा मिलिएन डलरस कमाउनेहरु पनि छन् । उनिहरु रातारात होइन कैयौं दिन रात को भोकलाई त्यागेर कमाएका हुन् ।
सुरुसुरुमा यश क्षेत्रमा Learning= Earning हुन्छ । म पनि यश क्षेत्रमा लागेर लामो समय अध्ययनमा निरन्तर लागिरहेको छु । तत्काल पैसा हुदैन भन्दैमा यश क्षेत्रमा पैसा हुँदैन भन्नु गलत हो । मेरो एउटा साथीले मलाई पैसा कामाइस त भन्यो मैले प्रतिउत्तरमा नाई भने उसले मलाई यो त scam ho fraud हो भन्यो । बास्तवमा उसले बुझेको पनि थिएन त्यसैले मैले उसको कुरालाई खासै चासो दिइन । कयौँ नवआगन्तुक जसले मैले जसरी Digital Field ,Online Field लाई कर्मभुमि ठान्ने र मान्नेहरुलाई म के भन्न चाहन्छु भने यो रातरात धन कमाउने ठाँउ होइन । प्रशस्त सिक्नुपर्छ धेरै अध्ययन गर्नुपर्छ अनि मात्र मिलिएन डलरको सपना साकार हुन्छ ।
विश्व प्रशिद्ध लगानिकर्ता बुरेन वाफेटको अनुसार सबैभन्दा ठूलो Investment in Yourself अर्थात स्वयममा लगानि भन्ने हो जसको मतलाब हुन्छ प्रशस्त सिक्नु,आफ्नो माइन्डलाई कल्टिभेट गर्नु हो । धेरै सिक्नुपर्छ अनि मात्र कमाउन सकिन्छ ।
अनलाइन क्षेत्रमा लागेेर बर्षौसम्म भुक्का भएर हिँड्नेहरुमा म पर्छु तर म हिम्मत हार्नेहरुमा होइन बरू म आफैलाई लगानि गर्नमा तल्लीन भएँ । धेरैभन्दा धेरै ज्ञान र पुस्तकहरू पढेर ज्ञान बढाउनेमा अगि सरेँ। धेरैले बारम्बार पश्न मलाई घचघछाइरहन्थ्यो कति कमाइस त अनलाइन मार्केटिङबाट । म निशब्द हुन्थेँ । म आज पनि निरन्तर अध्ययनमा छु कमाउने सोच त सबैको हुन्छ तर म आफुलाई लगानि गर्दै छु र कुनै दिन म अनलाइन क्षेत्रमा मिलिएन कमाउँछु भन्नेर भन्छुहोला भनेर सोचिरहन्छु । मिहिनेत धेरै गर्नु छ रातदिन नभनि भोकप्यास अनि मात्र सफलता आउनेछ । म त्यस्ता मित्रलाई सोच्न सल्लाह दिन चाहन्छु जो ३०/४० हजार लगानि गरेर हिजोको अाज लाखौं को सपना देख्छन् ।मित्र सोच्नुहोस रातरात यहाँ फल्दैन कयौँ दिन लाग्न सक्छ एकदिन अवश्य फल्छ तर त्यो भन्दा पहिले आफुलाई ज्ञान र सिपले लगानि गर्नुहोस् ।हिजोको ४० हजारले अाज लाख हुँदैन सिक्दै जानुहोस् जान्दै जानुहोस् एकदिन अवश्य कमाउनुहुन्छ ,दृढ सोचको साथ अघि बढ्नुहोस् । 

Labels: