Monday, April 13, 2020

मेमोरी बढाउन चाहनुहुन्छ आउनुहोस् ।

 धेरै समयपछि मेमोरीको बारेमा लेख्न पाएकोमा खुशी छु । म आफै पनि मेमोरीको बारेमा लामो समयदेखि खोज गरेरहेको छु । मेरो खोज अझै नै निरन्तर चलिरहेको छ । कसरी मेमोरीलाई स्वास्थ राख्ने सकिन्छ र धेरै भन्दा धेरै कुरा सम्झन सकिन्छ भन्ने बिषयमा नै अाज हामी केन्द्रित हुनेछौँ ।
मेमोरी short term and long term हुन्छ । हालसालैको मेमोरीलाई short term memory भनिन्छ । यो concious हुन्छ । long term memory सोचालित हुन्छ । कुनैकुरा पहिलो पटक गर्दैछौँ भने त्यो short term memory हन्छ तर त्यो कुरा बारम्बार गर्यौँ भने त्यो long term memory मा जान्छ र त्यसलाई हामी नसोचिकन गर्न सक्छौँ ।
मेमोरी हजारौं न्यूरोनहरुको कनेक्सनबाट हुन्छ । मेमोरीलाई शसक्त पार्न धेरै कुराहरु आवश्यक पर्छ जुन हामीले दैनिक जीवनयापमा गर्दैनौँ ।
बिहानको चिसो हावा र प्रयाप्त क्रियाकलापले पनि मेमोरी सबल बनाउँछ । मेलै बुझे अनुसार योग मेमोरी बढाउन सबैभन्दा उत्तम मानिन्छ । योगसँगै जोडिएर ध्यान पनि आउँछ मेमोरी बढाउनको लागि । रिस,आवेग र तनावबाट मुक्त मानिसको मेमोरी धेरै हुन्छ ।
कहि बर्ष बिद्यालयमा पढाएको अनुभवका कारण पनि मलाई मेमोरीको बारेमा लेख्न मन लाग्छ । सबैभन्दा त बिद्यार्थीहरुलाई मेमोरी आवश्यक पर्छ । कसरी पढेर धेरैकुरा सम्झन सकिन्छ भन्ने प्रश्न बिद्यार्थीको हुन सक्छ ।
मेमोरी बढाउने धेरै तरिकाहरू छन् । एकै दिनमा मेमोरी बढाउन सकिदैन त्यसको लागि समय लाग्छ र निरन्तर प्रयास पनि गर्नुपर्दछ । हामी न्युनरनको कनेक्सनलाई बलियो र बिस्तार गर्न सकियो भने मेमोरी बढाउन सकिन्छ त्यसको लागि खानपानमा पनि धेरै ध्यान दिनुपर्छ । कतिपय खान नहुने कुराहरुले मेमोरीलाई घटाउँछ ।
जौ, कालो अङगुर , omega 3 fatty acid ,बदाम ,अोखर , काजु ले मेमोरी बढाउने काम गर्दछ । त्यस्तै धेरै कुरामा ध्यान दिनुको साथसाथै उचित योगअभ्यास पनि मेमोरी बढाउन मद्दत गर्छ । तपाईं साँचै मेमोरी बढाउन चाहनुहुन्छ भने आउनुहोस म तपाईंलाई केही टिप्स सिकाउने छु । मेसेज गर्न नभुल्नुहोला। 

Labels:

0 Comments:

Post a Comment

If you have any Queries, Please let me know.

Subscribe to Post Comments [Atom]

<< Home