कोरानाबाट भयवित हुनुभाछ ? नआत्तिनुहोस्
अहिलेको समयमा तनाव ब्यबस्थापन गर्न निकै गार्हो छ । कोरोना भाइरसले आकुलब्याकुल के गरौँ कसो गरौँ गरेको अवस्थामा मानिसिक रुपमा बिचलित नभइकन बस्न निकै गार्हो छ ।
कसरी गर्ने तनाव ब्यबस्थापन ? दिनदिनै मृत्युको खबरले मानिस भयवित भएका छन् । विभिन्न थरिका सोचाईहरु दिमागमा खेल्न थालेका छन् । त्यहि सोचाइका कारण कसैकसैको भोक निन्द्रा पनि हराएको छ । अब बाँचिने हो कि मरिने हो यहि दुविधामा मानिसहरु मानसिक रुपमा गल्दै गहिरहेका छन् । जसले मानिसको आत्मबल घटेको छ । यसले रोग प्रतिरोधात्मक शक्तिलाई पनि कमजोर बनारहेको छ ।
यस्तो विषम परिस्थितिमा के गर्ने ? पहिला त हामी कोरोना भाइरसबाट कसरी बाँच्न सकिन्छ भनेर सोच्नु पर्यो त्यसको लागि घरमै बस्नु नै एक मात्र उत्तम उपाय हो । भिडभाडबाट टाढा ,यदि जानैपर्यो भनेपनि सामाजिक दुरी कायम गरि माक्स र पञ्जा लगाएर मात्र जाँऔँ अन्येथा घरमै बसेर सरकारको तोकेको कुराहरु पालना गर्नु नै कोरोनाबाट अहिले बाँच्न सकिने एउटा मात्र उपाय हो ।
अब मानसिक रुपमा हामी कसरी बलियो बन्न सक्छौँ ? त्यसको लागि हामी घरमै बसेर योग अभ्यास गर्न सकिन्छ । सामाजिक सञ्जालमा साथीहरुसँग जोडिएर यो रोगका बारेमा मनमा रहेका कुराहरुको बारेमा बुझ्न सक्छौँ । विज्ञहरुसँग सल्लाह लिन सक्छौँ । हामीलाई मनपर्ने गीत सुनेर , खानेकुरा पकाउन सिकेर , पुस्तकहरु पढेर पनि हामी घरमा दिन कटाउन सक्छौँ ।
हामी खाली बस्नु हुदैन र धेरै सोच्नु पनि हुदैन किनभने जति धेरै सोच्छौँ तब मनमा भय उत्पन्न हुन्छ र हामी मानसिक रुपमा दुखी हुनेछौ ।
मनमा सकरात्मक कुरा मात्र सोच्ने बानी बसालौँ नाकि यति मानिस मरिसके , हाम्रोमा आए के होला , हामी बाँचौला या मरौँला मरे पनि निकै दु:ख पाएर मरौँला आदि सोच्नुहुन्न । बरु यति मानिस निको भएका छन् र हामी पनि ढुक्क निको हुन्छौँ भनेर सकरात्मक किरा गरौँ ।कसैले सोद्दा पनि यति मरिसके होइन यति निको भए नेपालमा पनि निको भएका छन् उपचार पछि निको भइन्छ ढुक्क हुनुहोस् नआत्तिनुस् भनेर भनौँ । यदि हामीले सकरात्मक बोल्यौ भने हामी दिमागमा अटोमेटिक सकरात्मक सोच आउँछ जसले हामीलाई रोग प्रतिरोधात्मक हर्मन उत्पादनमा मद्दत गर्छ भने मानसिक रुपमा पनि हामी स्वस्थ्य रहन सक्छौँ ।