म्याक्स वयलमा मेैले सिकेको पाठ ।
म्याक्स वयलमा सिकेको पाठ
जागिरको खोजिमा भौतारिदाँ भौतारिँदा म म्याक्स वयलमा मेरो नजर पुग्यो । नजर पुग्नुमा पहिलो त जागिर नभएर बसेको अवस्था अनि दास्रोमा म्याक्स वयलको बिज्ञापन पत्रिकामा देख्नु ।
पहिलो दिन त बुझ्नको लागि गएको थिए । दोस्रो दिन म आफ्ना सम्पुर्ण कागजपत्रहरु लिएर गएको थिए । interview थियो र त्यो भन्दा पहिले class भयो छोटो । म्यानेजर हुनको लागि हुनुपर्ने गुणहरु, लिडरसिप आदिमा क्लास भयो । क्लास अत्यन्त फलदायी रह्यो । सरको नाम त याद भएन तर सरले एउटा सहि पाठ सिकाउनु भयो । एउटा बक्समा साना ठूला बट्टाहरु राख्न लगायो भने कसरी सबै अटाउने गरि राख्ने ? प्रश्न सजिलो भएपनि एकदमै क्रिटिकल छ । सरले हामीलाई घैंटोको कथा भन्नुभएको मैले बक्स भने केही फरक तर भएन । कथाले कसैलाई घैंटोमा साना ठुला ढुङ्गा बालुबा राख्न लगाएछ । पहिलो ब्यक्तिले शुरुमा सानो ढुङ्गा राखेछ अनि ठुलो ढुङ्गा राखेछ बालुवापनि अटेन , त्यो ब्यक्ति फेल भयो । अर्को ब्यक्ति ले शुरुमा ठुला ढुङगा अनि साना ढुङ्गा र बालुबा हाल्दा सबै अटाएछ । त्यस्तै कुनै बक्समा पनि सबैभन्दा ठूलो अनि सानो सामान राख्यो भने अट्छ ।
त्यस दिन म interview मा त सेलेक्ट भएँ त्यसपछि छोटो theory क्यास भयो अनि हामी Asmita Aacharya जो म्याक्स वयलमा त्यतिबेला assistant manager हुनुहुन्थ्यो उहाँसँग हामी तीन जना भएर field visit को लागि गयौँ । customer dealing को practical अन्तर्गत हामी फिल्ड भिजिटको लागि गएका थियौँ । त्यहाँ पनि मैले धेरै कुरा सिक्न पाएँ । हामीले सिकेको कुरा १०० जनासँग डिल गर्दा ३०जना सकरात्मक हुन्छन् अनि त्यसमा २० जना समर्थन हुन्छन् जसमा १० जनाले बुझछन् भने ५ जनाले मात्र हाम्रो कुरा १००% नै समर्थन हुन्छन् भन्ने कुरा दिनभरको घुमाइले सिकायो । मिठामिठा कुरा गर्दै खाजा खाएर भोलि भेट्ने बाचाको साथ अस्मिता मिससँग बिदा भएको मान्छे प्रतिकुल समयका कारण दाेस्रो दिन उपस्थित हुन सकिन , मेरो म्यानेजर भन्ने सपना अधुरै टुङ्गियो तर फेरि पनि म म्यास वयल मा गएर धेरै कुरा सक्ने रहर छ । हेरौँ पूरा हुन्छ कि नाई ?
more info
www.maxwellorg.co.in
Labels: म्याक्स वयलमा मैले सिकेको पाठ ।