मैले बुझेको दर्शन
जिवनप्रतिको मेरो दर्शन
खाना खानु, हिँड्नु र बाँच्नु मात्र मानव जिवको सार मैले मान्दिन । हुन त म कहाँको महान् दार्शनिक हुँ र तर पनि मेरो धारणा जीवन जगतप्रित भिन्न छ ।
बाँच्नुलाई मात्र म सार्थक जीवन मान्दिन । हो प्राणि जीवन हुर्कनु, बढ्नु र मर्नुमै मात्र सिमित हुन्छ तर मानव जीवन त्यतिमा मात्र सार्थक हुन सक्दैन । मानिससँग भावना छ, मन छ , दिमाग छ र त्यसमा पनि सर्वोत्तम विवेक छ । मानव मानव हुनमा कठिन छ तर हामी अधिकांश मानिसको जीवन प्राणिको भन्दा निच दानव भएरै गएको छ ।
हो मेरो तर्कमा तपाईं सहमत नहुन सक्नुहुन्छ । मानिस यश धर्तिमा सबै धर्मको लागि जन्मिदैनन् ।जसरि भगवान हुनुहुन्छ त्यसरी नै दानवहरु छन् अन्तत मानवभित्र पनि दुवै गुणहरु हुन्छ समय र परिस्थितिले मानव दानव पनि हुन सक्छ दानव पनि भन्नेहरु पनि छन् । तर मलाई वास्तवमा के लाग्छ भने जीवन अनन्त छ यो बुझि नसक्नु छ , रहस्यमयी छ ।
तपाईं कहिल्यै गहिरो सोचमा जानुभएको छ । जीवनजगत र मानव अस्थीत्वलाई राम्रोसँग बुझ्नलाई गहिरो सोच नै चाहिन्छ । के गहिरो सोचमा जान चाहनुहुन्छ । निदाउनुपुर्व केही समय सोचनुहोस् तब संसार र मानव अस्थित्वलाई सोच दै जानुहोस् अनि मानव हुनुको अर्थ खोजनुहोस् तपाईं केही दिन नसक्नुहोला त परन्तु समय पस्चायत तपाईं जीवन जगतको सारमा जानुहुन्छ ।
मैले देखेको भौतिक सुख, माया प्रेम क्षणिक हुन् वास्तविक आनन्द त त्यहाँ लुकेको छ त्यो मानिसले मात्र पाउन सक्छ जसले भौतिक सुखसयल त्याग न सक्छ । जीवन र दशर्न बुझ्नलाई तर्कले भन्दापनि वास्तविक आनन्दबाट हुन्छ ।तर्कमा म हार्न सक्छु तर वास्तविकता तर्कबाट हुँदैन जुन आजको बिज्ञानले पनि प्राप्त गर्न सक्दैन ।
Labels: मैले बुझेको दर्शन ।
0 Comments:
Post a Comment
If you have any Queries, Please let me know.
Subscribe to Post Comments [Atom]
<< Home