Sunday, April 12, 2020

वैज्ञानिक छन् हाम्रा पुर्खाहरू

आधुनिकताको खोल ओडेर हाम्री हाम्रो सभ्य संकृतिलाई अन्धविश्वास भमेर ट्याग लगाएका छौ । हामी हाम्रै जिजुबाजेको सहि कुरालाई पनि गलत बनाईदिएका छौ । एक दुई गलतको कुराको पछि लागेर आज हामी हाम्रो संकृति नै बिर्सेर बिदेशी संकृिततिर लाेभिएका छौ ।हाम्रै डण्डीबियो बिसेर पब्जी खेल्न ठालेका छौ । हाम्रो संस् कृत भाषा वाहियात भनि अङग्रेजी पढ्न थालेका छौ । आजभोलि संस्कृत जान्नेमा बुढाखाडा मात्र होलान् । मै पनि संस्कृतबाट टाढा छु ।
वास्तविक बैज्ञानिक हाम्रा पुर्खाहरुलाई हामी बिसिसेका छौ जसको कमजोरीका कारण भावी सन्ततिहरुलाई हामीले बुझाउन सकेका छैनौ कि त्यहाँ पनि वैज्ञानिक कारण छ भनेर ।
घुमाउरो घरमा बस्नुको वैज्ञानिक कारण त्यसमा ब्रम्राण्डमा भएको Cosmic energy प्राप्त गर्नु हो जसले शरीरलाई स्वास्थ्य बनाउँछ । घरको ढोकानिर तुलसीको मोठ बनाउनु पनि वैज्ञानिक नै छ कि तुलसीले प्रयाप्त oxygen दिन्छ । बिहान उठेर जपध्यान पुजा आरधना गर्नुको वैज्ञानिक कारण मनलाई शान्त बनाई सम्पुर्ण दिन आनन्दमयी बनाउनु हो । त्यस तै शंख बजाउनुको पनि वेेैज्ञानिक कारण छ जसले bacteria लाई मार्न सक्छ जसले हाम्रो शरीरलाई असर गर्न सक्छ। मृत्युपछि नछोइकन १३ दिनसम्म बस्नु पनि आत्मालाई शान्त बनाउनु हो ।सेतो कपडा लगाउनाले पीडा कम हुन्छ ।त्यस्तै रातो बहिस्कार गर्नुको पछाडि यसले शरीरलाई उत्तेजित पार्दछ ।
तामाको ग्राग्रीमा पानी राख्नु र पोखरीमा तामाका सिक्का फाल्नाले पनि copper ले पानीलाई शुद्ध बनाउँछ । खानेबेलामा पानी घुमाइ देबिदेवतालाई चढाएर खानुपनि वैज्ञानिक नै छ किनकि कसैलाई चढाईसकेपछि किराफट्याङग्रालाई त्यो भाग छुट्याएर राखिदिएको जसले चराचिरूङ्गीलाई पनि हित हुन्छ । त्यस्तै कैयौँ वैज्ञानिक कुराहरू आज अन्धबिस्वास भनि हराउँदै छन् । अब पालो हाम्रो हो ती पुर्खाका कुराहरू खोजिखोजि कारण सहित व्याख्या गर्न सक्यौं भने मात्र हाम्रा सन्ततीले त्यसलाई बिश्वास गर्नेछन् नत्र ती कुराहरु हराएर जानेछन् । 

Labels: