शाहकारी कि मांसहारी ठिक ?
शाकाहारी कि मांशहारी
धेरैपटक वादविवाद परिरहने बिषय हो यो । मलाई पनि वादबिवाद मन पर्ने भएकाले आज यसको शाकाहारीको पक्षमा आफ्ना तर्कहरु राख्न गहिरहेको छु । मानिसको बनोट र शारिरीक अवस्था हेर्दा लाग्छ मानिस शाहाकारी हो ।
बिद्यार्थीको लागि शाहाकारी भोजन नै अतिउत्तम हुनेमा कुनै संकोच छैन । शाहाकारी मानिसको मेमोरी पावर पनि तेज हुन्छ । हाम्रोमा बिकृति छ चाडवाडमा सकि नसकि मासु खानुपर्छ भन्ने । दशौँमा ऋण गरिगरि पैसा खोजेर खशी काट्नु गलत परम्परा हो ।हिजोको मेरो हाम्रा पुर्खा वैज्ञानिक ब्लगमा हामी यो संस्कृतिलाई परिस्कृत गर्दै लैजानुपर्छ । हामी कुलाइनको पुजा आजामा पनि बोका बलि दिएर पुजा गर्छौँ जसलाई वैज्ञानिक म मान्नदिन । प्राणी सबै बराबर हुन् उनीहरुलाई मारी खानु कदापि राम्रो कर्म होइन । यो गलत परम्पराले गरिबको ढाड सेक्ने गर्छ । समाजमा यस्तो मानसिकता रहिरहेको छ कि दशैँमा मासु , कुनै चाडपर्वमा मासु खानै पर्छ । यो मानसिकता लाई हामीले बस्तारै हटाउनुपर्छ ।
मांसहारीहरुले मलाई बिरोधी ठान्लान म मेरा तर्कहरुमात्र प्रस्तुत गरिरहेको छु । हजुरको कुरा हो शाहकारी बन्ने यो मांसहारी बन्ने भन्ने । म पनि कुनै समयको मांशहारी नै हुँ तर मेरो पूर्ण समर्थन शाहाकारीको लागि छ ।
पहिला पहिले भातबहादुर र सागबहादुर निकै प्रचलित थियो जसले शाहकारी भोजनको महत्त्व लाई झर्लङ्ग पार्दछ । शाहकारी मानिसको आयु मांसहारीको भन्दा बढी हुने धेरै अध्ययनले देखाएको छ । मासु खाँदामा संवाद मात्र हुने हुन्छ यसले शरीरलाई त्यति फाइदा गर्दैन जति सागले गर्छ । मासुमा पाईने तत्व सजिलै गेडागुडी र दालमा पाइन्छ ।
मासु खाने मानिस शान्त र तनावमुक्त हुन सक्दैन । मासु खाने मानिस हिंसात्मक र अस्थिर हुन्छ । मासुमा कतिपय शरिरलाई अनावश्यक तत्वपनि हुन्छ ।
तृष्ण मेमोरी पावर र सँधै तनावमुक्त हुने मानिस वास्तविकमा शाहाकारी हुन्छ । मेमोरी पावर बढाउन र शरीरलाई सँधै स्वस्थ्य राख्न पनि शाहाकारी भोजन आवश्यक पर्दछ । हिजो आजका मानिस कम उमेरमा उच्च रक्तचाप , मधुमेह , मुटुरोग आादिबाट ग्रशीत छन् र उनिहरू सबैको भनाइ छ शाहकारी भोजन रोजौँ उच्च रक्तचाप ,मधुमेह र मुटुरोग भगाऊँ ।
0 Comments:
Post a Comment
If you have any Queries, Please let me know.
Subscribe to Post Comments [Atom]
<< Home