Monday, March 30, 2020

संसारकै निस्वार्थ ब्यक्ति बा !

कर्णाली ब्लुज पढिरहँदा मनमा म कर्नालीमै छु जस्तो लागिरहेको थियो ।प्रथम पुरुमा लेकिएको यो उपन्यास मैले पढ्न धेरै कोसिस गरिरहेको थिए । बजारमा हल्ला थियो अहिलेको चर्चित उपन्यास 'कर्नालि ब्लुज' । ५/६ पान्ना पहिले नै पढेको थिए । त्यसपछि पढ्छु पढ्छु भन्दै कयौं तर समय नै पाईरहेको थिइन । केही समयपछि चैतमा कोरोनाको माहामारी पर्यो ।समय कटाउन २/४ वटा फिल्म पनि हेरेँ ।१/२ दिन त बिते। तर समय लामो लाग्न थाल्यो समय कटाउन के गरौँ गरौँ भयो ।र्याकमा हेरेँ कर्णाली ब्लुज अनि सुरू गरेँ । पाना पल्ट्याउन थालेँ । सुरु सुरुमा रुचि नै लागेन ।पढ्न मन अल्लि कम लाग्यो । यति ठूलो किताब छ कहिले सकिएला ।मनमनै सोच्दै थिए ।
बिस्तारै कर्नालि का पात्र सँगै म पनि गहिरामा पुग्न थालेँ ।मनमनै साोच्थेँ म नै हुँ कि । म पात्रभित्र आफू पात्र सम्झिरहेको थिएँ । म कल्पनमै बिलिन हुन थालेँ । बद्धिसागरले म सम्बोधन गरे झै उपन्यास बाल्यकालबाटै सुरू हुन्छ । उपन्यासमा बालई नै मुख्य पात्र बनाईएको छ । कटासे को बसाई अनि बाल्यकाल यति शसक्त रुपमा उपन्यासमा लेखिएको छ कि यो कथा कल्पना हो मैलै सोचेकै थिइन एकदमै वास्तविक जस्तो ।लाग्छ यति गहिरामै म डुबेको थिएँ । म मन मनै सोच्थेँ । म पनि बुद्धिसागर कै लेखन जस्तै कुनै दिन म पनि लेखक बन्छु । मलाई बुद्धिसागरको लेखनले यति छोएको थियो म हरेक पल्ट इर्ष्या गरिरहेन्थेँ कि म बुद्धि सागर भन्दा पनि राम्राे लेखक बन्न सकुँला कि नसकुँला । कथामा अघि बढ्दै जाँदा । कटासे बजारमा बाल्यकाल बित्दै गएको बेला दिदी पार्वति साथी को ज्यान गयो र जिउँदै बनमा खाल्डो खनेर गाड्दा मन एकदमै रोयो पनि ।म कल्पनामा थिएँ तर एकदमै वास्तविक जस्तै । मनमा पिर परेजस्तो । साँच्चै देख्ने पागल नै भन्दा हुन । हुन त लकडाउको बेला खासै मानिस ओहोरदोहोर तर गर्थेनन् तर पनि देख्नेले बिरामी नै देख्थे ,अलिअलि त बिरामी नै भएको थिएँ ।
पार्वति दिदी पनि दस कक्षामा पढ्दापढ्दै पोइल गइन । दुखि बनाएर । अब त घरमा बट्टु थिई । नयाँ साइकल त्यो पनि शर्मिलालाई नचडाइकन खिया लायो । हाँस चोरेको अभियोगमा जेलमा पर्दा भोलिपल्ट दिदी नै आएर लैजानभयो । बट्टुलाई पनि बुडो केटो थारु घरमै आएर लिई गयो । अब कटासे बजार मादिदै गयो र कैलाली तिर ८ दिन लगाएर भरियासँग हिँड्दा कति वास्तविक दु: ख नै छर्लङ्ग देखिए । कैलाली मा चिसो बातावरणमै कक्षा १० मा सकेन्ड डिबिजन मा पास भएपछि काठमाडौ जाने लहर भयो । काठमाडौं फाइन्ली पुगेर फेरि बा बिरामी भएपछि हस्पिटल मा नर्मदा ले मन अलि शान्त पारेकि थिईन । धेरै हस्पिटल बसेसकेपछि दिदीले पनि भेटि गइन । पछि केही उपाए नलागेपछि बालाई नाति देखाउन सुर्खेत जिपमा लैजाने क्रममा बाले धर्ति छोड्नुभयो । बाले संसारमा धेरै दुख खपेर आफ्नो सन्तानलाई माया दिनुभएको कुरा एकदम वास्तविक छ। आमा को माया आमाले जन्म दिनुभो तर सबै दुख सहेर हाँसी हाँसि सन्तानलाई सधैं खुशी दिने बा संसारमै एउटा एक मात्र निस्वार्थी ब्यक्ति हुनुहुन्छ । 

Labels:

0 Comments:

Post a Comment

If you have any Queries, Please let me know.

Subscribe to Post Comments [Atom]

<< Home