जङ्गबाहादुर : साँच्चै एउटा वीर बहादुर शक्तिशाली ब्यक्तित्व
एउटा एेतिहास जुन मैले धेरै पछि पढ्न पाएको थिएँ ।कक्षा ९ मा हुदाँ मलै भन्दारखाल अलौ मकै एवम् कोत पर्व मात्र होइन राणा हरुको शासनकाल , सत्तामा अाउनुको राज एवम् पतन् र राणाकालको अन्त्य एवम् राणाहरुले गरेको भौतिक एवम् सामाजिक र राजनैतिक उपलब्धि पनि पढेको थिएँ ।
जब जङ्बहादुर उपन्यास पढ्ने मौका पाएँ जङ्गेलाई गलत थान्ने म जङ्गेको फ्यान भए । जङ्गे साँच्चिकै एउटा बहादुर रैछ साच्चिकै ।म कहिले काहीँ खुशी हुन्थेँ जङ्गबहादुर पढ्न पाएकोमा । जङ्गबहादुरको प्रेम लिला एवम् बहादुरी जसले राजा राजेन्दलाई समेत चकित बनाएको थियो । धेरै पटक सबैलाई छक्क बनाईसकेको जङ्गे राजाको अङ्गरक्षक मात्र थिएन त्यस बेलाको बलियो बहादुर ऊ नै थियो । जङ्गे निकै शुरो एवम् बहादुर थियो । राजदरबारमा घुलमिल भएको जङ्गेलाई राजदरबारको सबै कुरा थाहा मात्र थिएन ऊ कुटनिति गर्नमा पनि निकै सिपालु थियो ।
राजदरबारमा धेरैले जङ्गेको प्रसंशा गरेका थिए जसले गर्दा दरबारमा जङ्गे बहादुर नै थियो ।राजेन्द्रको हरेक उट्पट्याङलाई उसले सहिसकेको थियो । राज्यलक्ष्मीलाई पनि आफ्नो बसमा पारिसकेको थियो। आफ्नै मामालाई मार्नैपने बाध्यताका बाबजुत ऊ यति शक्तिशाली भयो । रानीको कुजालको सम्पूर्ण चक्रवुहु थाहा पाएपछि रानिलाई नै नजरबन्द गरि सम्पूर्ण सेनालाई सिध्याएको थियो । त्यसछि राजा राजेन्द्र पनि भागि काशी गए । बिस्तारै बुढा बन्दै गएका जङ्गेलाई आफ्नै भाईहरुको बिश्वास लाग्न छाड्यो । उनी बिरामी पर्नु पुर्व आफ्नै भाइहरुले मार्ने जालबाट पनि बँचे तर उनी बिरामी भए त्यसपछि देवघाट गए । त्यतै बसे बनमा उनले सिकारको क्रममा सेतो बाघ पनि देखे र त्यसैको भोलिपल्ट संसार छोडे । भाइभाइ बिच पहिलेनै मनमुटाव भैसेकेकाले उनको सम्पूर्ण परिवार नै खत्तम पारि कान्छो भाइ धिरशमसेरका छोराहरुले नयाँ शासन सुरु गरे ।
जङ्गबहादुरलाई बुझ्ने एउटा शसक्त उपन्यास मध्ये यो एक उपन्यास हो ।
0 Comments:
Post a Comment
If you have any Queries, Please let me know.
Subscribe to Post Comments [Atom]
<< Home