अब हामी कसरी बाँच्ने ?
मलाई त लाग्छ मानिस आज नितान्त सुनसानको स्थितिमा छ । लाग्छ एकदमै प्राकृतिक छ आजको वातावरण । हिजोको दिनमा निकै व्यस्त मानिस आज ज्यान जोगाउने प्रयत्न मात्र गरिरहेको छ । पैसा पैसा र शारिरीक सुखभोग मा लिप्त मानिसले अब पाठ सिक्नु पनि आवश्यक छ । हिजो पनि वार्निग दिएर गैसकेको भाइरसलाई हामीले सानो रुपमा लिनु हाम्रो नै गल्ती हो । हामी मानवबाट दानव भैसकेका छौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका ले पनि सामना गर्न आज असमर्थ भएको छ ।
कुनै नयाँ प्रजातिको भाईरस आउनुमा हाम्रै गल्ती छ । यसमा बिकसित देशहरुको धेरै गल्ती नै छ सम्पन्नताका नाममा प्रकृतिलाई कुचेर भौतिक सुखसयललाई नै सर्वोपरि थान्नेहरू विकासउन्मुखमा प्रकृतिको मज्जा र यसमा रमाउने मानिसहरूलाई आज प्रकृतिले एउटा च्यालेन्ज दिएको छ । हामी जति नै सम्पन्नशाली भएपनि अन्त्यमा यहि प्रकृतिमा बिलिन हुनुपर्छ । बिपदको घडिमा दया देखाउनु मात्र मानवता मैले मान्दिन । हामी नितान्त इको मैत्रि हुनुपर्छ । सम्पन्नताको नाममा अनेकथरी केमिकल प्रयोग गर्नु हाम्रो मुख्य गल्ती हो । हामी यश विषयलाई गम्भीर तरिकाले सोचेका नै छैनौ । खाली भौतिक सुखसयलको पछाडि लाग्दालाग्दै हामी हाम्रो कर्म पनि बिर्सिसकेका थियौ ।हामी जब पैसा फेम्ली भन्दा भन्दा हामी कहिल्यै पनि राम्रोसँग ठन्डा दिमागले सोचेका थियौ ।हामी बिल्कुलै यश संवेदनशीलतालाई व्यवास्था गरेका छौ ।
प्रकृतिको सर्वोकृष्ट प्राणी मानव दानवको रुपमा हरेक जीवजन्तुलाई आफूखुशी शासन गरि असैय पीडा दिएको थियो । आफ्नो भौतिक सुखका लागि मानिस मानिससँगपनि दानव व्यवहार देखाईसकेको थियो ।भाइरस उत्पन्न हुनु मानिसकै दोष छ । नयाँ नयाँ जीवहरुको उत्पति हुनुमा धेरै कुराले भूमिका खेलेको हुन्छ । आजका मानिसहरु यति अस्तव्यस्त छन् कि उनिहरूलाई प्रकृतिको बारेमा सोच्ने समय नै छैन भएपनि पैसा उपर केही बेर बाध्यताले सोचिरहेका हुन्छन् । प्रकृतिबाट जन्मेको मानिस आज अप्राकृतिक बन्दै गहिरहेको छ । प्राकृतिक जन्मने मानिस अाज अप्रेसनबाट जन्मन्छ ।
धेरै समयपछि मानिसले सोच्ने समय पाएको छ । निकै ठन्डा दिमाखले एकदमै ठन्डा तरिकाले । मानिस आजभोलि आफ्नो शारीरिक शक्तिको प्रयोगलाई भन्दा पनि मानसिक शिक्त मात्र प्रयोग गरिरहेको छ । आजको दुनियाँ रंगिचंगिलाई मात्र सार्थकता दिएको जस्तो लाग्छ । केमिकल प्रयोग गरि केबल मुखको स्वादलिन मात्र चाहन्छन् । मानिसलाई आजभोलि आधुनिकताको नाममा माटो छुनुहुन्न भन्ने फिल भईरहेको छ । यी सवै कुराहरुको सार भनेको मानिस आजभोलि अप्राकृतिक बन्दै छ जसको फलस्वरुप यस्ता प्राकृतिक प्रकोपहरु दिनानुदिन बढ्दै गहिरहेका छन् । प्रकृतिले फेरी पनि हाम्रो परीक्षा लिएको छ अब पास हुने फेल हुने हाम्रो आफ्नै निर्णय हो । हामी मौखिक रुपमा मात्र पास भएर हुदैन हामीले हाम्रो ब्यबहारमा पनि देखाउनु एकदमै जरुरी छ ।
हामी प्राकृतिक बन्न हामी प्रकृतिको हरेक कुरालाई हामीले आत्मसात गर्नुपर्छ । हामी तस्ता काम गर्नुपर्छ जसले प्रकृतिलाई पनि बिनास गर्दैन हामीलाई पनि ।
0 Comments:
Post a Comment
If you have any Queries, Please let me know.
Subscribe to Post Comments [Atom]
<< Home